National Child Right Day 2069: बालअधिकार सचेतना तथा अन्तरक्रिया कार्यक्रम
बालबालिकाको अधिकारको लागि विगत दश वर्ष देखि पोखरामा निरन्तर लागीपरेको मुस्कान क्लवले यहि मंगलबार पोखरा –१३, बेसलाईन स्कूलमा बालअधिकार सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बाल दिवसको अवसरका पोखराका १२ र १३ का वडाहरुको मुस्कान बालक्लबहरुको उपस्थितिमा बाल अधिकार सचेतना, स्कूल बाल क्लब सञ्चालन तालिम, भावी योजना सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । ३५जना भन्दा धेरै सहभागीता रहेको उक्त कार्यक्रममा भद्रकाली, ताराकुञ्ज, बाल विद्या, बेसलाईन, मौला ईलामीक, चिल्ड्रेन अक्स्फोर्ड लागयतका स्कूल बाल क्लवहरुको प्रतिनिधि विद्यार्थीहरुले आफ्नो विचार र जिज्ञासा राखेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुदै बेसलाईन एकेडेमीका प्रिन्सिपल षडानन्द गौतमले अझै पनि अरु बालबालिकाहरु अधिकारबाट बञ्चित रहेकोले तिनीहरुको पनि अधिकार सुनिश्चित गराउनका लागि मुस्कान क्लबले उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने औल्याउनुभयो । सीमित व्यक्तिहरुमात्र नभई समाजका बहुआयामिक पक्षमा अनुभूतिपूर्ण परिवर्तनको खाचो रहेको कुरालाई मध्यनजर गर्दै अघि बढ्न यस क्लबलाई सल्लाह दिनुभएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा स्थानीय युवा स्वयंसेवी सञ्जय शान्ति सुवेदीले बालबालिकाको अधिकार प्राप्तीका लागि बालबालिकाहरु स्वयं जगरुक एवं सचेत हुनुपर्ने धाराणा पेश गर्नुभयो । एक्लै–एक्लै सम्पन्न गर्न नसकिने कामहरु क्लबमा संगठित भई प्रयाश गरेमा सुुसम्पन्न गर्न सकिने कुरा जिकिर गर्नुभयो ।

No comments:
Post a Comment